एमाले गण्डकीको दाबी : पिएस सरकारको पालामा ४० हजार काठेपुल विस्थापन, ४ लाख जनसंख्यालाई निजी धारा

भञ्ज्याङ न्यूज

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा भएका कमको प्रगतिका विषयमा चर्चा गरेको छ । पिएस सरकारको पालामा प्रदेशमा ४० हजार काठेपुल विस्थापन गरी स्टिल पुल हालिएको एमाले गण्डकीले दाबी गरेको छ ।

मंसिर ४ को चुनावका लागि एमाले प्रदेश कमिटीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा गुरुङको मुख्यमन्त्रीकालमा साढे ३ वर्षा ७ सय किलोमिटर सडक कालोपत्रे गरेको र साढे ३ सय सडकमा ग्राभेल गरेको उल्लेख छ ।

गण्डकीका ४ लाख जनसंख्यालाई खानेपानीको निजी धारा, ११ सय ५ घरमा घरेलु सौर्य ऊर्जा, ९ हजार ६ सय ६४ घरधुरीमा लघुऊर्जाबाट विद्युत सेवा दिइएको पनि एमालेले जनाएको छ ।

विपन्न र लोपोन्मुख समुदायका लागि जनता आवास कार्यक्रमबाट १५ सय भन्दा बढी घर निर्माण एमाले सरकारले गरेको भन्दै प्रतिबद्धतापत्रमा राजश्व संकलनलाई सुदृढ बनाएर यातायात व्यवस्थापनमा तीन वर्षा तेब्बर बढाएर करिब ३ अर्ब पुर्‍याएको दाबी गरिएको छ ।

एमाले नेतृत्वको पहिलो सरकारले प्रदेशको नामाकरण, राजधानी टुंग्याउने र ४ दर्जन बढी ऐन निर्माण गरेको पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रदेशको प्रथम पञ्चवषर्ीय योजना निर्माण, प्रदेश मातहत १५७ कार्यालय निर्माण गरी २८ सय बढी कर्मचारीको दरबन्दी बनाएर सेवा दिइएको, गरिबीको जनसंख्यालाई १४.९१ प्रतिशतबाट १२.९१ प्रतिशतमा झारेको प्रदेश कमिटीले जनाएको छ ।

एमालेका अनुसार प्रदेशका वन संरक्षण र व्यवस्थापनका लागि ५१ सय वन उपभोक्ता समूह गठन गरेर परिचालन गरेको, साझेदारी वन उपभोक्ता समूह र चाक्ला वन व्यवस्थापनबाट ८ लाख ६१ हजार हेक्टर वन क्षेत्र संरक्षण गरिएको, ग्रामीण पर्यटन प्रबर्द्धन र गरिबी निवारणका लागि ३०८ होमस्टे पनि गुरुङ नेतृत्वको सरकारले निर्माण गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker