गण्डकीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भए ।

अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए । महिला क्लस्टरतर्फ शर्मा ३ हजार ६६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन् ।

अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker