तनहुँको देवघाट गाउँपालिकाद्वारा सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द

कोरोना सङ्क्रमितको उपचार गर्नका लागि तनहुँको देवघाट गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ । गाउँपालिकास्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव न्यून हुँदै गएको र भएका सङ्क्रमितलाई पनि अस्पतालमा राख्नुपर्ने स्थिति नभएकाले समितिले अस्थायी कोभिड अस्पताल बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

अस्पताललाई हाल बन्द गरी अन्य प्रयोजनमा ल्याउने र फेरि सङ्क्रमितको सङ्ख्या बढेर बिरामी राख्नुपर्ने स्थिति आएमा पुनःसञ्चालन गरिने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन हरेक हप्ताको आइतबार पीसीआर परीक्षण गरिने तथा दैनिक एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको छ ।

गाउँपालिकामा हालसम्म ५५३ जनाको पीसीआर परीक्षण गर्दा २१ जना महिला र ३३ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै एन्टिजेन विधिबाट १५३ को परीक्षण गर्दा छ जना महिला र नौ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker