दुर्घटनामा परी गम्भीर घाइतेको पहिचान नखुल्दा उपचारमा समस्या

दुर्घटनामा परी गम्भीर एक घाइते पुरुषको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । गत बुधबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा बसको ठक्करबाट घाइते पैदलयात्रुको चार दिन वित्दा पनि पहिचान खुल्न सकेको छैन ।

पहिचान खुल्न नसक्दा उपचार गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो । अचेत अवस्थामा भेटिएका ती पुरुषको हाल कास्कीको पोखरास्थित मणिपाल अस्पतालको अचि सघन कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ५०३१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । “उमेर लगभग ३५–४० वर्षको जस्तो देखिन्छ, अनुहार र टाउकोमा गम्भीर चोट छ”, घाइतेको अवस्थाबारे तिमिल्सिेनाले भन्नुभयो, “घाइतेका आफन्तजनको खोजी गरिरहेको छौँ, अहिलेसम्म पत्तो लाग्न सकेको छैन् ।”

गम्भीर घाइते उनको प्रहरीले सुरुआतमा रत्नहरि अस्पताल दमौलीमा उपचार गराएकोे थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो । घाइतेलाई चिन्नुहुने जो कोहीलाई पनि प्रहरीले ९८५६०९०१७८ मा खबर गरिदिन सबैमा अनुरोधसमेत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker