सवारी कारवाहीमा एकैदिन एक लाख बढी राजश्व सङ्कलन

भञ्ज्याङ न्यूज

जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन रु एक लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको हो । प्रहरीले गत बिहीबार दुईपाङ्ग्रे र चारपाङ्ग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो।

मदिरा सेवन गरी सवारी चलाइएको पाइएमा हिरासतसम्म राखिनेछ । सचेतनामूलक प्लेकार्ड राखेर जाँच गरिएको गर्दा कारबाहीपर्नेमा अत्यधिकमात्रामा मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिनुभयो ।

साथमा आवश्यक कागजात लिएर यात्रा नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र गाडीको मोडिफाइ गर्ने सवारीलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको उहाँले बताउनुभयो । जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत पूर्वको आँबुखैरेनीदेखि पश्चिमको कोत्रेसम्मको करिब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मार्गमा सवारी जाँच गरिएको उहाँले बताउनुभयो ।

कतिपय चालकलाई आउँदा दिनमा गल्ती नदोहो¥याउने शर्तमा एकपटक सम्झाएर छाडिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय सवारी जाँच कार्यलाई कडाइ गरिँदै आइएको छ ।

चाडपर्वका समयमा मदिरा सेवन गरी सवारी साधान चलाउनेको सङ्ख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker