थानीमाई मन्दिरमा बत्ती बालिदै

तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिको पहिलो सोमबार साँझ बत्ती बाल्ने तयारी गर्दै भक्तजनहरु । सोमबार रातभर जाग्रामबसि बत्ती बालेर मंगलबार पूजाअर्चन गर्ने गरिन्छ । कात्तिकाको पहिलो मंगलबार आज भक्तजनहरु सोमबार राती घरमा सत्यनारायणको पूजा लगाई फूलको डोली लिएर पूजाअर्चनका लागि यहाँ आउने गर्दछन् । मनोकाङ्क्षा पुरा भएको भन्दै भक्तजनहरुले भाकल स्वरुप फूलको डोली चढाउने प्रचलन छ ।

यस्तै, शसस्त्र प्रहरी बल नेपाल नं. २३ गण हे.क्वा. मनकामना तनहुँ, भानु न.पा ७ का वडाअधयक्ष र स्थानीय बासिन्दाहरुको सहभागितामा सोमबार थानीमाई मन्दिरमा सरसफाई गरिएको छ । तस्विर : भञ्ज्याङ










