तनहुँ उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामाग्रि हस्तान्तरण
भञ्ज्याङ न्यूज

कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि आपतकालिन क्षेत्रमा खटि्टने कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक क्षेत्रमा सघाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघले सञ्चालन गरेको अभियानबाट स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्रि उपलब्ध गराएको छ ।
संघले सञ्चालन गरेको अभियानमा हालसम्म करिब १० लाख रुपैयाँ आर्थिक संकलन गरेको बताइएको छ । संघले थालेको अभियान अन्तर्गत जिल्लाका व्यवसायी तथा देश विदेशका शुभेच्छुकबाट उल्लिखित रकम संकलन भएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।
अभियानबाट संकलित रकमबाट आफ्ना एकाई मार्फ सुरक्षाकर्मी तथा अन्य आवश्यक क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । संघले २५ थान अक्सिजन सिलिण्डर खरिद गरेर दमौली अस्पताल र जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रलाई दिने तयारी गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
संघले सोही अभियान अन्तरगत संक्रमितको शव व्यवस्थापनमा खटिएको व्यास-५ चापाघाटको नेपाली सेनाको कालीभञ्जन गण र दमौली अस्पताललाई आइतबार स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ। हालसम्म करिब साढे २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरिएको संघले जनाएको छ।










