पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार

भानु : नेपाल पत्रकार महासंघ तनहुँले भानु नगरपालिकाको सहयोगमा मर्स्याङ्दी नदीमा जलविहार कार्यक्रम गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित शनिबार भानु नगरपालिका–३ को तुरतुरेबाट आँवुखैरेनी गाउँपालिकास्थित अकला मन्दिरसम्म जलविहार गरिएको थियो ।
मर्स्याङ्दी नदीमा जलविहारको सम्भावना रहनुका साथै यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले नगरपालिकासँगको समन्वयमा जिल्लास्थित सञ्चारकर्मीलाई जलविहारको व्यवस्था मिलाइएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
पत्रकारहरूले यस क्षेत्रमा जलविहारको सम्भावनाबारे सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने भएकाले यसले भानुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वासका साथ जलविहारको कार्यक्रम गरिएको महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारीले बताए ।
जलविहारमा सहभागी पत्रकार पूर्ण विकले मर्स्याङ्दी नदी जलविहारका लागि सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सकिने बताए ।
यस्तै, भानु–९ स्थित चितीखोला होमस्टे (घरबास)मा पर्यटन विकास तथा मर्स्याङ्दी नदीमा साहसिक जलयात्रा प्रवर्द्धन कार्यक्रम सम्बन्धी अन्तरक्रियामा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पर्यटन प्रबर्द्धन र पर्यटकीय गन्तव्यको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिएको बताए ।
उलने भने, ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुने र पत्रकारहरूले यस क्षेत्रको प्रचारप्रसारमा सहकार्य र समन्वय गर्नुहुनेछ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker