एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका, रातभर उम्मेदवारीको काम, सोमबार मतदान

एमालेको दसौं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन आइतबार राति ११ बजेको समय राखिएको छ । त्यस्तै, मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको छ ।

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली र त्यसमाथिको दाबीवरोध एवं सुधारको समय घर्किइसकेको छ ।

११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ ।

राति ११:३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ । राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ ।

सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker