भिमाद नगरपालिकामा एमालेबाट प्रमुखमा सुवेदी र उपप्रमुखमा खनाल निर्वाचित

तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा सारदा खनाल निर्वाचित भएका छन् । गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दे प्रमुखमा सुवेदी र उपप्रमुखमा खनाल निर्वाचित भएका हुन् ।
सुवेदीले ८ हजार १२८ मत र उपप्रमुख खनालले ७ हजार ६६७ मत ल्याएका छन् । त्यस्तै उनीहरुका प्रतिस्पर्धि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत र नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत ल्याएका छन् ।
नेकपा एमालेले भिमादको वडा नम्बर २, ३, ७, ८ र ९ मा वडाध्यक्ष र नेपाली कांग्रेसले वडा नम्बर १, ४, ५ र ६ वडाध्यक्ष जितेको छ ।










