दीपशिखाले कक्षा ११ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित दीपशिखा बन्दीपुर ईङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८१/०८२ मा काक्षा ११ विज्ञान विषय पढ्न चाहने विद्यार्थीहरुलाई ५० प्रतिशतदेखि शत प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
विद्यालयले विद्यार्थीको एस.ई.ई र ईन्ट्रान्सको अंकको आधारमा सो छात्रवृत्ति दिन लागेको हो । सबैलाई छात्रवृत्ति शीर्षकको यो योजनामा ५०% छात्रवृत्ति सबै भर्ना हुने विद्यार्थीले पाउने स्कुल व्यस्थापन समितिले जनाएको छ।
दीपशिखा स्कुल २०१० इ.स.मा स्थापना भइ २०२१ इ.स.मा पहिलोपटक एस.ई.ई. परीक्षामा भाग लिएको थियो । काक्षा ११/१२ विज्ञान विषयको पढाई विहान ७ देखि साँझ ६ बजेसम्म प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने तयारी गरेको शैक्षिक निर्देशक संजय कुमार क्षेत्रीले जानकारी गराए ।
विज्ञान पढ्न गाह्रो हुन्छ भन्ने हाउँगुजिलाई चिर्दै जो कोही पनि विज्ञान विषय पढ्न सक्छन र हामी उसलाई सफल बनाएरै छाड्ने लक्ष्यका साथ अगाडि बढेको उनले बताए । उनले भने, ‘आखिर ईन्जिनियर, डाक्टर, कृषि, वन विज्ञान, नर्सिङ आदि पढ्नको लागि विज्ञान त पढ्नै पर्छ । दीपशिखा स्कुलले कक्षा ११/१२ विज्ञान मात्रै नभई विज्ञानपछिको मेडिकल, ईन्जिनियर ईन्ट्रान्स तयारी कक्षा पनि डुम्रेमा संचालनको तयारी गरेका छौ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker