दुइ दिने शिविरमा २१९ सामुदायिक कुकुरलाई बन्ध्याकरण र रेविज विरुद्धको खोप

भञ्ज्याङ समाचारदाता/दमौली

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप शिविर सम्पन्न गरेको छ । मंगलबार र बुधबार गरी दुइ दिनसम्म सञ्चालन गरिएको शिविरमा २१९ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ। शिविरमा मंगलबार ८५ वटा कुकुरको बन्ध्यकरण गरिएको थियो ।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौं, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तनहुँ र व्यास नगरपालिकाका पशु चिकित्सकहरुको संयुक्त टोलीले दमौलीमा दुइ दिने कुकुरको बन्ध्याकरण र रेबिज बिरुद्दको खोप शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

‘छाडा कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको हो’, प्रमुख डा. श्रेष्ठले भने, ‘बन्ध्याकरणले छाडा कुकुरको जनसंख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा कमी ल्याउनुका साथै प्राणघातक रेबिज रोग संक्रमणमा पनि न्यूनिकरण आउने हाम्रो अपेक्षा छ ।’

छाडा कुकुर नियन्त्रण गर्न पनि यस्ता कार्यक्रम हरेक वर्ष सञ्चालन गर्ने योजना कार्यालयले बताएको उनले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्नुपनि हो । शिविरको पहिलो दिन मंगलबार ८५ वटा र बुधबार १३४ कुकुरको बन्ध्यकरण र रेविज विरुद्धको खोप लगाइएको छ ।’

नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेविज विरुद्दको भ्याक्सिन पनि दिईएको कार्यालयका प्रमुख डा. श्रेष्ठले बताए । व्यास नगरपालिका-१, २, ३, ४, ५ र व्यास नगरपालिका-७ कलेस्तीसम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको थियो । ‘कुकुर नियन्त्रणका लागि भ्यानको प्रयोग गरेका छौ, नियन्त्रणमा लिइएका कुकुरलाई अस्पतालमा ल्याएर बन्ध्याकरण गर्नुका साथै रेबिज विरुद्धको खोप पनि दिइएको छ ।

बन्ध्याकरण र खोप लगाइएका कुकुरको देब्रे पट्टीको कानमा काटेर चिन्ह लगाउने गरिएको केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंका डा. अर्जुन अर्यालले बताए । उनका अनुसार कुनै कुकुरले टोकिहाल्यो भने उक्त चिन्हले कुकुरमा खोप लगाएको र बन्ध्याकरण गरेको थाहा पाउन सजिलो हुने छ । शिविरमा ६ जना र्सजनको टीम कुकुरको अप्रेशनमा खट्टएिका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker