नेकपा एकीकृत समाजवादी पेशागत महासंघ तनहुँको अध्यक्षमा कार्की
भञ्ज्याङ न्यूज

नेकपा एकीकृत समाजवादी निकट पेशाकर्मी कर्मचारीहरुको संगठन पेशागत महासंघ तनहुँ गठन गरिएको छ। शनिबार दमौलीमा भएको भेलाले दामोदर कार्कीको अध्यक्षतामा पेशागत महासंघको कमिटी चयन गरिएको हो ।
महासंघको उपाध्यक्षमा लक्ष्मण सिंखडा र कल्पना अधिकारी, सचिव दानबहादुर रानाभाट, सहसचिव बिष्णु श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी रानाभाट सहित १७ सदस्यीय कमिटी चयन गरेको बताइएको छ ।
भेलामा नेकपा एकीकृत समाजवादि गण्डकी प्रदेश सचिव एवं पोलिट्ब्युरो सदस्य प्रताप लाल श्रेष्ठले पेशाकर्मी बुद्धिजीवीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ रहनु पर्ने बताएका थिए। कार्यक्रममा पेशागत बुद्धिजीवीका केन्द्रीयय उपाध्यक्ष प्राडा टंक अधिकारी, प्रदेश उपाध्यक्ष एवं शैक्षिक तालीम केन्द्र प्रमुख नेपालहरी रानाभाट, नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, जिल्ला सचिव श्रीराम कार्की, पेशागत केन्द्रीय सदस्य शिव पौडेल लगायतले शुभकामना सहित आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










