तनहुँका ४७ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी मापदण्डसमेत सार्वजनिक गरिएको छ । छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ ।

सो कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनोट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाइ तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

कार्यक्रमका लागि भिमाद नगरपालिकाका छ, बन्दीपुर गाउँपालिकाका पाँच, भानु नगरपालिकाका पाँच, व्यास नगरपालिकाका सात, म्याग्दे गाउँपालिकाका तीन, आँबुखैरेनी गाउँपालिकाका चार, ऋषिङ गाउँपालिकाका चार, शुक्लागण्डकी नगरपालिकाका पाँच, घिरिङ गाउँपालिकाका चार र देवघाट गाउँपालिकाका चार विद्यालय छनोट भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker