अति विपन्नलाई एम्बुलेन्स भाडामा पूर्ण छुट

दमौली

व्यास–१०स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सोसाइटीले विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, टोल विकास संस्था, देशविदेशमा रहेका नेपालीबाट प्राप्त चन्दा सङ्कलनबाट सामुदायिक एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याएको हो ।

टोल वा वडाले अति विपन्न भनी सिफारिस गरेको अवस्थामा सत प्रतिशत छुटको व्यवस्था गरिएको सोसाइटी उपशाखाले जनाएको छ । कोभिड प्रभावित बिरामी, अपाङ्गता भएकालाई जुनसुकै अस्पातलमा लैजानु परे पनि लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको सोसाइटीले जनाएको छ । समाजमा सुपथ मूल्यमा एम्बुलेन्स उपलब्ध गराउने भएपछि सर्वसाधारणमा खुशी छाएको छ । सुत्केरी महिलाको हकमा अस्पतालमा सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ एम्बुलेन्समा लाग्ने शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अन्य सेवा सुविधाका लागि सोसाइटीले निर्देशिका बनाएर थप प्रदान गरिने निणर्य भएको शाखाका सभापति रामदत्त पौडेलले जानकारी दिनुभयो । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ विसं ०७७ भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनदेखि आर्थिक सङ्कलन अभियान शुरु गरिएको थियो ।

हालसम्म नगद तथा कबोल गरेको समेत गरी रु २९ लाख नौ हजार ७५० सङ्कलन भएकामा एम्बुलेन्स खरिदमा रु १३ लाख ६६ हजार ३६० खर्च भएको छ । बी ग्रेड किसिमको एम्बुलेन्स सञ्चालन गर्ने योजना रहे पनि समय लाग्ने भएकाले तत्काललाई सी ग्रेडको बनाएर सञ्चालनमा ल्याइएको अभियानका अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो । जिल्लाको ऋषिङको कोटदरबार र देवघाट गाउँपालिका रेडक्रस सोसाइटी उपशाखाले एम्बुलेन्स सञ्चालन गरिसकेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker