अग्नि नियन्त्रण सामाग्रि वितरण (फोटोफिचर सहित)

तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा रहेका तीनवटा सामुदायिक वन समुहलाई अग्नि नियन्त्रण सामाग्रि वितरण गर्दै डिभिजन वन अधिकृत कोमलराज काफ्ले ।

उर्जा तथा वातावरण नेपाल र सम्पदा नेपालको सहयोग र सहकार्यमा वन समुहलाई व्याक प्याक फाएर एक्सटिङ्गुइसर स्प्रेयर, सोटर, रेक, रेक हो, कटन जम्प सट, फुल ब्लक वुट, सेफ्टी हेल्मेट, सिम्पल क्याप माक्स, पञ्जा, मोजा जस्ता ६/६ थान अग्नि नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्रि तीन वटा सामुदायिक वनलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै, तनहुँसुरको पारीजातको वनलाई नियन्त्रित आगो लगाई व्यवस्थापन समेत गरिएको छ ।

यो वन गत बर्षडढेलोले सखाप भएको थियो ।

तस्विर : भञ्ज्याङ










