आठौं तनहुँ महोत्सव : गायक हेमन्त शर्मा र प्रीति आलेको सांगितिक प्रस्तुती

भञ्ज्याङ न्यूज

आठौं तनहुँ महोत्सवको पाँचौ दिन सोमबार कलाकार हेमन्त शर्मा र प्रीति आलेले आ-आफ्नो सांगितिक प्रस्तुतबाट दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । महोत्सव स्थलमा सोमबार अमर धिताल, काजल गुरुङ, उमादेवी खनाल र रमेश मेलोडीको समेत सांगितिक प्रस्तुती रहेको थियो ।

कलाकारको प्रस्तुतिमा दर्शकहरुले गीत र नाचेर साथ दिंदा महोत्सवको माहौल छुट्टै रमाइलो बनेको थियो । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति रहेका कारण सोमबार पनि दर्शकहरु घुइँचो लागेको कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले बताए । यस्तै, महोत्सवको छैटौं दिन मंगलबार मिलन नेवार, कर्णराज गिरी, कृष्ण सुवेदी र सजना बास्तोला लगायतका कलाकारहरुको सांगितक प्रस्तुती रहने संयोजक मल्लले जानकारी गराए ।

महोत्सवको पाँचौं दिन ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता इमकुमार मल्लले बताए । दर्शकहरुको ध्यानलाई मध्यनजर गर्दै मादीसेती नदीमा सञ्चालन गरिएको मोटरबोर्डको शुल्क घटाइएको छ । महोत्सवको अन्य दिनमा प्रतिव्यक्ति २५० शुल्क रहेपनि सोमबारदेखि १५० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ।

दैनिक १०० जनाको हाराहारीमा दर्शकहरुले मादीसेती नदीमा मोटरबोर्डको मज्जा लिने गरेको बताइउको छ । मादीसेती नदीमा दुइ वटा मोटरबोर्ड सञ्चालन गरेपछि दर्शकहरुको आकर्षण बढेको हो । धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker