राजन गुरुङद्वारा निर्मित ‘फरक नजर’ म्युजिक भिडियो बिमोचन

तनहुँको भानु नगरपालिका–१३ पयास्वाराका निवासी तथा हाल वैदेशिक रोजगारीमा रहेका राजन गुरुङद्वारा निर्माण तथा गायन गरिएको ‘फरक नजर’ म्युजिक भिडियो आज एक विशेष समारोहका बीच भव्यतापूर्वक बिमोचन गरिएको छ।

कार्यक्रमका सभा अध्यक्ष पूजा लामा (गुरुङ) रहनुभएको उक्त समारोहमा प्रमुख अतिथिका रूपमा निवर्तमान जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गल बहादुर गुरुङको विशेष उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो।

‘फरक नजर’ म्युजिक भिडियोका गीतकार तथा संगीतकार टीका बम्जन रहनुभएको छ भने निर्देशन एम.बी. गुरुङले गरेका हुन्। भिडियोमा मोडल एरन तमाङ, सोनिया वाइबा र सम्झना राईले अभिनय गरेका छन्।

कार्यक्रमको सञ्चालन संगम सुमिर पियाले कुशलतापूर्वक सम्पादन गरेका थिए। औपचारिक कार्यक्रम सम्पन्न भएपश्चात गीतकार तथा संगीतकार टीका बम्जनले म्युजिक भिडियोलाई युट्युबमार्फत सार्वजनिक गर्नुभएको थियो।

समारोहमा उपस्थित अतिथि, स्थानीय कलाकार, समाजसेवी तथा युवाहरूले ‘फरक नजर’ म्युजिक भिडियोलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker