ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार ऋषिङका युवकको मृत्यु
भञ्ज्याङ न्यूज
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा भएको सडक दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । ट्रकले पछाडीबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार युवकलाई ज्यान गएको हो ।
पोखराबाट दमौली तर्फ आउँदै गरेको ग५प ६०८३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना३ख ४६९१ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको तनहुँ प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार ऋषिङ गाउँपालिका-२ का १९ वर्षीय तारन थापा गम्भिर घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।










