ज्योति मगरले तताइन् तनहुँ महोत्सव
भञ्ज्याङ समाचारदाता/दमौली

आठौं तनहुँ महोत्सवको सातौ दिन बुधबार चर्चित कलाकार ज्योति मगरले आठौ तनहुँ महोत्सवस्थलमा आफ्ना सांगितक प्रस्तुतीबाट महोत्सव तताएकी छन् । जसले दिन्छ जाली रुमाल, ज्योति मगर त्यतै…., चानचुन त कहाँ होर जिम्बल बाउँको छोरी लगायतका आधा दर्जन गीत गाउँदा दर्शकहरुले उनलाई साथ दिएका थिए ।
कलाकार मगरले प्रस्तुतीको बीच बीचमा दिने टिप्सले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले बताए। कलाकार मगरको प्रस्तुतीको माग गर्दै दर्शकहरुले वन्स मोरको आवाज घन्काइ रहेका थिए ।
यस्तै, महोत्सवको आठौ दिन बिहीबार अस्मीता अधिकारी, प्रकाश सपुत र सुमन कोइरालाको कमेडी प्रस्तुती रहनेछ । चर्चित कलाकार आउने भएपछि महोत्सवको माहोलमा थप रौनकता थपिने आयोजक समितिले जनाएका छन् ।










