यात्रुवाहक बसबाट लागुऔषध सहित दुइ पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ देवीटारमा यात्रुवाहक बसबाट लागुऔषध सहित दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका-१२ बस्ने २० वर्षीय सहरे आलम र ओमसतिया गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुनिल कोहार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भैरहवाबाट पोखरा आउँदै गरेको लु २ ख ११०४ नम्बरको यात्रुवाहक बसमा सवार सहरे आलमले बोकेको कालो झोलाबाट लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीले ब्रोनोरफाइन ४९ एम्पुल, फेनरागन ५० एम्पुल र डाइजोपाम ४८ एम्पुल गरी जम्मा एक सय ४७ एम्पुल लागूऔषध बरामद गरिएको छ । पक्राउ परेका विरुद्ध सोमबार जिल्ला अदालतमा आठ दिनको म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker