एमालेको घोषणापत्र : औद्योगिकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि

नेकपा एमालेले स्थानीय तहको नेतृत्व आफूले गर्न पाउँदा मात्र राष्ट्रिय राजनीतिलाई सही बोटोमा फर्काउन सकिने बताएको छ ।

३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्रमा एमालेले पाँचदलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिको बाधक बनेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा भनिएको छ, मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको यस गठबन्धनबाट मुलुकले अविलम्ब मुक्ति खोजेको छ ।’

यो सरकार जतिदिन सहन्छ, मुलुकले थप संकट व्यहोर्नुपर्ने एमालेको दाबी छ । संघीयको कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढीकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्ने स्थानीय तहको नेतृत्व आफ्नो दलले गर्दा मात्र राष्ट्रिय राजनीतिलाई सही बाटोमा फर्काउने कामको सुरुवात हुने बताएको छ ।

ओली सरकार अभूतपूर्व सफल

एमालेले स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल भएको दाबी गरेको छ ।

साढे तीन वर्षको अवधिमा ओली सरकारले संविधान र संद्धघीयताको सफल कार्यान्वयन गरेर विश्वमै नयाँ दृष्टान्त स्थापित गरेको, पृथकतावाद र हिंसाका चुनावी समाप्त पारेको, वाह्य सम्बन्ध सुदृढ बनाएको, लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ नक्सा प्रकाशित गर्नुका साथै त्यहाँ नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कूटनीतिक पहल गरेको एमालेले बताएको छ ।

दिर्घकालीन र रणनीथिक महत्वका पूवर्नधार निमार्ण थालेको, भूकम्प प्रभावित करिव ८ लाख परिवारलाई सुरक्षित आवासमा फर्काएको, नेपाललाई विकासशील मुलुकमा स्तारोन्नतीका लागि सिफारिस गरेको, वाह्य लगानीमा ठूलो बृछि भएको र विश्वव्यापी सूचकांकहरुमा उल्लेख्य सुधार भएको एमालेले घोषणापत्रमा उल्लेख छ ।

संघ, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएको एमालेले बताएको छ । पूर्वाधार विकासतर्फ ४ हजार ३६२ किलोमिटर कालोपत्र सडक बनेको, तुइना विस्थापित भएको अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइपलाइन बनेको, जनकपुर–जयनगर–कुर्ता रेलमार्ग निर्माण गरेको सञ्चालनमा आएको, भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण सपन्न भएको, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको एमालेले बताएको छ ।

प्रत्येक पालिकामा न्यूनमत १५ शैयाको आधारभूत अस्पतचाल निर्माण सुरु भएको, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्युनतम १०० दिनको रोजगारी वा वेरोजगार भत्ता सुरु भएको, तामाकोेशी जलविद्युत आयोजना सम्पन्न जस्ता कामलाई पनि एमालेले घोषणापत्रमा राखेको छ ।

एमालेले जितेका कतिपय पालिकामा बेटी बचाउ, बेटी बचाउ अभियान अन्तरगत कक्षा ८ भन्दा माथिका छात्रालाई साइकल वितरण गरकेो, सामुहिक कृषिलाई प्रोत्साहन गरेको, युवालाई सहुलियतमा ऋण र उद्यमशीmतथा तालिम दिएको, सयौं कानुनहरु बनेको चुनावी घोषणापत्रमा उल्लेख छ ।

एमालेको घोषणापत्र

घोषणापत्रमा एमालेले आसन्न निर्माणका लागि १७ प्रतिवद्धता पनि अघि सारेको छ

  • गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार
  • निरोगी नेपाल, स्वास्थ नेपाली
  • स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी
  • आधुनिक उर्जा : उज्यालो पालिका
  • उन्नत कृष्णि : किसानको समृद्धि
  • सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार
  • एकीकृत वस्ती, योजनावद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास
  • औद्योगिकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि
  • उद्यामशीलता र रोजगारी : समृद्धिका लागि सहकारी
  • मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि
  • सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा
  • समानताको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता
  • खुशी जेष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका
  • जलवायु अनुकुलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन
  • समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार
  • संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय
  • संस्थागत सुदृढीकरण : योजनावद्ध विकास
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker