भानुको शिक्षाको अवस्था सुधार गर्न प्रतिबद्ध : नगरप्रमुख त्रिपाठी

भञ्ज्याङ समाचारदाता/भानु

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले शिक्षाको अवस्था सुधार गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । भानु नगरस्तरीय सामुदायिक विद्यालयका प्रधानाध्यापकको सोमबार आयोजित मासिक बैठकलाई सम्बोधन गर्दै त्रिपाठीले प्रअहरुको सुझाव तथा पृष्ठपोषण्का आधारमा नीति तथा कार्यक्रम तय गरिने बताए । शिक्षा क्षेत्रको विकासका लागि सरकारी निकायका अतिरिक्त अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरूको स्रोत र विज्ञतालाई पनि परिचालन गर्ने आफ्नो योजना रहेको उनले बताए ।

बैठकमा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भानुको समग्र शैक्षिक अवस्था, असल अभ्यासहरू, शैक्षिक समस्या तथा विद्यालयको अपेक्षा र तत्काल सम्पादन गर्नुपर्ने विषयका बारेमा प्रस्तुतीकरण गरेका थिए । प्रअहरूले विद्यालयका समग्र शैक्षिक समस्याहरू र नगरपालिकासँग राखिएका अपेक्षाहरू प्रस्तुत गर्दै नगरपालिकाको आगामी आवमा तय गरिने नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker