नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा खेलमैदान निरीक्षण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिले तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपति खेलमैदानको निरीक्षण गरेको छ । उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको नेतृत्वमा आज खेलमैदानको निरीक्षण गरिएको हो ।

उपसमितिले खेलमैदानको निरीक्षण गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विकसँग छलफलसमेत गरेको छ । सो प्रतियोगिताअन्तर्गत तनहुँमा क्रिकेट खेल सञ्चालनका लागि खेलमैदानको सम्भाव्यता अध्ययन गरिएको बताइएको छ ।

राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजनाका लागि नगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने उपप्रमुख विकले प्रतिबद्धता व्यक्त गर्नुभयो । “शुक्लागण्डकीमा खेलकुद प्रतियोगिता आयोजना गरिनु गौरवको विषय हो, यसका लागि नगरपालिकाका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँ क्रिकेट खेल सञ्चालनका लागि मैदान उपयुक्त देखिएको छ ।

करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।

खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरिरहेको छ । पोखराका विभिन्न ठाउँमा खेलमैदानको निरीक्षणपश्चात् उक्त टोली तनहुँ आइपुगेको हो ।

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखराबाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker