भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ उत्कृष्ट वित्तीय प्रगगि हासिल गरेबापत सम्मानित

पोखरा : भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँ गण्डकी प्रदेशमा प्रदेश तथा संघीय सशर्त अनुदानतर्फको पूँजीगत कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट वित्तीय प्रगति हासिल गरेबापत सम्मानित भएको छ । वन निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा साउन ११ र १२ गते सम्पन्न वार्षिक प्रगति समीक्षा गोष्ठीमा कार्यालयले प्रदेशतर्फ ९०.४६ प्रतिशत र संघीय सशर्त अनुदानतर्फ ९३.०२ प्रतिशत वित्तीय प्रगति हासिल गरेपछि सम्मान प्रदान गरिएको हो ।

गण्डकी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयका मन्त्री नम्डु गुरुङ, मन्त्रालयका सचिव मोहन काफ्ले तथा वन निर्देशनालयका निमित्त वन निर्देशक अशोककुमार श्रेष्ठले कार्यालयलाई सम्मान गर्दै उच्च कार्यसम्पादनका लागि प्रशंसा गरेका थिए ।

कार्यालय प्रमुख दिवाकर पौडेलले सम्मान ग्रहण गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनमा प्रेरणा मिलेको उल्लेख गर्दै सम्मानका लागि वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गरेका छन् ।

कार्यालयले उत्कृष्ट भौतिक तथा वित्तीय प्रगति हासिल गर्न योगदान पु¥याउने सम्पूर्ण प्राविधिक कर्मचारी, लेखा तथा प्रशासन शाखाका कर्मचारीसहित सबै कर्मचारीको सामूहिक मेहनतका कारण यो सफलता प्राप्त भएको भन्दै सबै कर्मचारीलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यही समर्पणका साथ काम गर्न आग्रह गरेका छन् ।

यसै अवसरमा विभिन्न विधामा सम्मानित भएका अन्य कार्यालयका प्रमुख तथा कर्मचारीहरूलाई समेत बधाई ज्ञापन गरिएको छ । वन निर्देशनालयले प्रभावकारी बजेट कार्यान्वयन, वित्तीय अनुशासन र लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गर्ने कार्यालयहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker