बाल विकास केन्द्रमा बालबालिका

तनहुँको भानु नगरपालिका-१० रामपुरटारस्थित श्री चोक माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा पढ्दै गरेका बालबालिकाहरु र पढाउँदै गरेकी केन्द्रकी स.का. इन्दिरा पन्त । स.का. पन्त भानु नगरपालिकाले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस तथा शिक्षक/कर्मचारी सम्मान समारोह २०८० मा उत्कृष्ट बालविकास सहजकर्ताको रूपमा सम्मानित भएकी थिइन् । नगरपालिकाले सामुदायिक विद्यालयको बाल विकास केन्द्रमा ३० जनाभन्दा बढी बालबालिका भर्ना भई अध्ययन गरिरहेको अवस्थामा एकजना सकाको कोटा थप गर्ने नीति अर्न्तर्गत यस केन्द्रमा २ वटा कोटा प्राप्त गरी नर्सरी र केजी कक्षा सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ










