करेन्ट लागेर २४ वर्षीय युवाको मृत्यु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दिपुर गाउँपालिका-१ रिमाल्नीमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

रिमाल्नीस्थित पृथ्वीराजमार्गमा ट्रकमा डोजर लोड गर्दै गर्दा विद्युतको तारमा छोइँदा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker