आदिकविमा लियो प्रतिक्षालय निर्माण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा लियो प्रतिक्षालय निर्माण गरिएको छ । व्यास नगरपालिका र लायन्स क्लव अफ तनहुँको सहयोगमा क्याम्पसभित्र प्रतिक्षालय निर्माण गरिएको हो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी प्रतिक्षालय निर्माण गरिएको लियो क्लव अफ तनहुँका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । नगरपालिका र लायन्स क्लवको रु एक लाख ७० हजारको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।

प्रतिक्षालय निर्माणका लागि क्लवका सदस्यले श्रमदान गरेका छन् । क्लवका सदस्यहरुले रङरोगन, खाल्डा खन्ने काममा श्रमदान गरेका थिए । क्याम्पसमा लायन्स क्लवको सहयोगमा लायन्स भवन, विज्ञान प्रयोगशाला निर्माण भइरहेको छ ।

लियो क्लवले धेरै ठूलो काम गर्न नसकेपनि पानी पर्दा र घाम लाग्दा विद्यार्थीलाई ओत लाग्ने ठाउँ बनाउन सकेको मिश्रले बताए । उक्त प्रतिक्षालयको बिहीबार लायन्स क्ल इन्टरनेशनल ३२५वि१ का पर्ूव गर्भनर अशोककुमार श्रेष्ठले उद्घाटन गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker