तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण कार्य तीव्र

भञ्ज्याङ न्यूज

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माण भइरहेको मोटरेबल पुलको कार्य तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका-१ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल पुट्टारघाट (तनहुँ-पाल्पा) निर्माण कार्य भइरहेको हो ।

पुलको हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको कालीगण्डकी नदी मोटरेबल पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए।

संघीय सरकारको रु २४ करोडको लागतमा पुल निर्माण कार्य सुरु भएको हो । उनले भने, “दसैंअघि ७३ प्रतिशत काम सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ ।”

आर्थिक वर्ष२०७३/०७४ मा सम्झौता गरी आव २०७९/०८० असार मसान्तभित्र सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनी युनाइटेड बिर्ल्र्डस एन्ड रमण जेभीले ठेक्का सम्झौता गरेको सिग्देलले बताए।

हालसम्म तनहुँतर्फ तीन पाल्पामा एक र नदीको बीच भागमा एक पिल्लर निर्माण कार्य भएको छ । दुइ प्रदेश जोड्ने पहिलो पुल भएकाले पुल निर्माणपश्चात् लाखौ बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् ।

नदीमा बाँध बाँधेर नदीको बहावलाई परिवर्तन गरी निर्माण कार्य भइरहेको उनले बताए । पुलको लम्बाइ २१० र चौडाइ १०.५० मिटरको हुनेछ ।

सुरुमा कालीगण्डकी वारपार गर्न डुङ्गाको प्रयोग गरी जोखिम किसिमले यात्रा गर्न र्सवसाधारण बाध्य भएपछि केही वर्षघि झोलुङ्गे पुल निर्माण गरिएको निर्माण समितिका सचिव डानस मल्लले बताए ।

झोलुङ्गे पुल निर्माणपछि मानिसलाई आवतजावतमा सहज भए पनि सामान ढुवानी गर्न सक्ने अवस्था थिएन । उनले भने, “लामो समयदेखिको स्थानीयवासीको सपना पूरा हुन लागेको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker