धान थन्काउने चटारो

तनहुँको बन्दीपुर गाउँपालिका–२ भुमर्चेका कृषकहरु खेतमा दाई हालेपछि धान बताउँदै । कृषकहरुले खेतमा तयार गरिएको खलोमा धान काटेर कुन्युँ लगाउने र केही दिनपछि दाई हालेर धान पराल छुट्याउने गर्दछन् । धान पराल छुट्याएपछि पराल भारि हालेर घरमा ल्याई टौवा निर्माण गरी राखिन्छ भने धान बताएर घरमा ल्याई भण्डारी गर्ने गर्दछन् ।

युवा जनशक्ति अभावका कारण पछिल्लो समय यो कार्य लोप हुँदै गएको छ । धान काट्ने, दाई हाल्ने तथा बताउने कार्य कृषकहरुले सामुहिक रुपमा गर्ने गर्छन । तस्विर : भञ्ज्याङ










