तनहुँको भानु नगरपालिकाद्वारा गर्भवतीको निःशुल्क भिडियो एक्स-रे सेवा
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ । गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था थाहा पाउनका लागि भिडियो एक्स-रे सेवा प्रदान गर्ने कार्यक्रम नगरपालिकाले अगाडि ल्याएको हो ।
भिडियो एक्स-रे गर्दा गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, यदि उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिका कै स्वस्थ्य संस्थामा रिफर गर्ने र जोखिम भए अन्यत्र रिफर गरिने स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नं. १ सालबिस्ने स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुवात भएको छ ।
कार्यक्रममा वडाध्यक्ष कान्छीमाया तामाङले अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेर कार्यक्रमको ओैपचारिक सुरुवात गरेकी थिइन । सेवा सुरुवातका अवसरमा सोमबार २३ जना गर्भवती महिलाहरुले सेवा लिएका थिए ।
स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले गर्भवतीहरुलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्याउन निःशुल्क रुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुवात भएको र हरेक महिना सञ्चालन हुने बताए ।










