मर्न कसैलाई रहर हुँदैन !

सीता ओझा

प्रधानमन्त्रीज्यु !
मर्न कसैलाई रहर हुँदैन !

मानिस बाच्नका लागि लाखौँ प्रयत्न गर्छ । ढाँट, छल, चोरी, लुटपाट, ठगी, हत्या, इमानदारिता, पद, प्रतिष्ठा, सफलता सबै बाच्नका लागि गरिएका प्रयत्नभित्र हुने र गरिने कार्यहरू हुन् ।

जब प्रयत्न असफल हुन्छन् अनि मानिस बाच्नै नसक्ने पीडाले छट्पटी भएर आत्महत्या गर्ने अवस्थामा पुग्छ ।

मृत्युवरण गर्न खोज्नु चानचुन कुरा होइन ! मृत्युवरण गर्नु अघि मृत्युको कारण उल्लेख (लिपिबद्ध) गर्दै मृत्युतिर धकेलिएका प्रेमप्रसाद आचार्य सन्तोषले समस्या समाधानका लागि सयौँ संरचना र व्यक्तिहरूसँग आफ्नो समस्या राखे । समस्या सुनाएको मात्रै होइन, समस्याको निकासका लागि सयौँ प्रयत्न गरे ।

समस्या सुनाएकै कारण उनी अपमानित भए । त्यो अपमानले उनको आत्मसम्मानमा चोट लाग्यो । त्यो घाउले छट्पटिँदै समस्या समाधान गर्न र स्वाभिमानपूर्वक बाच्न प्रयास गर्दा सयौं विकल्पहरू खोजे । विकल्पभित्र पनि उनी डगिए, लुटिए । उनलाई व्यक्तिले र बिचौलियाले मात्रै होइन राज्यले पनि ठगेको देखिन्छ ।

आफूले गरेको कामको महत्व र महिमा राजनीतिक दल, नेता र सरकारसँग पटकौं-पटक पुर्‍याए । तर सम्बोधन भएन । बिचौलियाले दिएको दुःखको कथा त दुनियाँले बुझने भाषामा लेखेकै छन् ।

सयौँ प्रयास गर्दा पनि आफू असफल भएपछि सामाजिक इज्जत र इमानदारिता जोगाउन जीवनदेखि हारेर आत्मदाह गर्ने प्रयास गरेको देखिन्छ ।

उनको सामाजिक सञ्जालमा उनैले लेखेको कुरा पढ्न नसकेर म तीन पटक भाव विहृवल भएँ । भिडियो हेर्न अझै सकेकी छैन । उनको कथा पढ्दा मैले आफैँलाई नियाले । घर, परिवार, समाज, राजनीति र राज्यका हजारौँ विकृति विसंगति सम्झे । आफैँलाई परेका/पारेका र गरेका समस्या सम्झे र झसङ्ग भएँ । उनको पीडा र छट्पट्टीले मलाई गार्‍हो बनायो ।

मानिसलाई अपमान गर्नु भनेको नै हिंसा गर्नु हो । प्रेमप्रसाद सयौँपटक हिंसामा परे र हिंसाबाट उत्रिए तर ऋणको हिंसाबाट बाहिरिन सकेनन् ।

आचार्यजी राज्य र समाजमा दैनिक हुने आर्थिक सामाजिक संरचनाको हिंसामा परे । यसरी हिंसामा पर्नेको संख्या लाखौँको छ । घरघरायसी अंश, वंश, सम्पत्ति (श्रोत र साधन)को उपयोगको विषयसँग जोडिएर हिंसा भइरहेका छन् ।

यी र यस्ता विषय हेर्दा व्यक्तिगत देखिए पनि सामाजिक समस्या हुन् । यसको सम्बोधन राज्य र सरकारले गर्नु पर्दछ ।

यस्ता घटनासँग जोडिएका सयौ प्रेमप्रसाद सन्तोषहरू मृत्युवरण गर्ने ठाउँमा पुगेका छन् । राज्यको संरक्षणमा भएको भ्रष्टिकरण र प्रशासन संरचनाभित्र मौलाएको संस्थागत कार्य सम्पादन र संरचनागत भ्रष्टाचार अन्त्य गराउन नसकेको कारण यो घटना घटेको देखिन्छ । यो त प्रतिनिधि घटना मात्रै हो ।

सरकार !
तत्काल प्रेमप्रसाद आचार्यको समस्या सम्बोधन गर । हरेक ठाउँका बिचौलियाको अन्त्य गर्दै राज्यको संरक्षणमा भएको भ्रष्टिकरण र प्रशासन संरचनाभित्र मौलाएको संस्थागत कार्य सम्पादन र संरचनागत भ्रष्टाचार अन्त्य गराउन कार्यक्रम ल्याऊ !

अझै पनि दलसँग जोडिएको कारण कति खान्छौ ? भो अब पुग्यो ।

आज उप्रान्त भ्रष्टाचार विरुद्धका काम गर । नहुने र नपुग्ने कुरा नबोल । बोलेको कुराप्रति उत्तरदायी बन । जनताले देख्ने र बुझने भाषा र व्यवहारले भ्रष्टाचारको अन्त्य गर । यस्तो बेलामा अर्ती उपदेश होइन समस्याको हल गर्ने प्रयास गर । प्रेमप्रसाद आचार्यको तात्कालिक समस्या उपचार र ऋण देखिन्छ । त्यसको समाधान कसरी गर्ने ? प्रेम प्रसाद जस्ता सयौँ छन्, उनीहरूका समस्या पनि सँगसँगै आउँछन् । त्यसैले प्रेम प्रसादको बारेमा बोल्दा विचार पुर्‍याएर जनतालाई अपमान नहुने गरी बोल !

सरकारमा बसेकाहरू हो ! राज्यको नीति सञ्चालन गर्न जोडिएका पेसेवार राजनीतिक दलहरू हो ! मानिसलाई मर्ने रहर हुँदैन । बाच्नको लागि साथ र आश चाहिन्छ ।नेपाली जनताले राजनीतिक दलसँग खोजेको साथ मात्रै हो । जनप्रतिनिधि र सरकारसंग खोजेको भरोसाको आस हो । हिजो भएको बानेश्वरको घटनाका पात्रले जे बोले, जे लेखे त्यो पढ र ती र त्यस्ता विषयहरूको तत्काल छानबिन र सम्बोधन गर्न प्रयत्न गर ।

यो आत्मदाहको मुख्य कारण राजनीति र कर्मचारीतन्त्र भित्र मौलाएको अपराध र भ्रष्टीकरण नै हो । संविधानबाटै समाजवादको यात्रा तय गरेको राज्यभित्र यस्तो घटना किन घट्यो ? देशको राष्ट्र पति,प्रधानमन्त्री, सरकारका मन्त्रीहरू र कर्मचारीतन्त्रमा रहेकाहरूलाई गम्भीरताका साथ सोच्ने शक्ति मिलोस !

बाँच्ने रहर हुँदाहुँदै मृत्युवरण गर्न बाध्य प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली परिवारजनमा समवेदना !

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker