राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीमा पन्थ
भञ्ज्याङ न्यूज

राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीको अध्यक्षमा अजित पन्थ चयन भएका छन् । दमौलीमा शनिबार सम्पन्न भेलाबाट पन्थको अध्यक्षतामा कमिटी गठन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा अभियान भण्डारी, सचिवमा सविन पन्थ, उपसचिवमा नविन विष्ट र हुम बहादुर दरै चयन भएका छन्।
भेलामा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको अभियानमा युवाहरु लाग्नुपर्ने बताउँदै शुभकामना व्यक्त गरेका थिए ।










