नेकपा एमाले व्यास-१ नगर कमिटी अध्यक्षमा कुमाल
भञ्ज्याङ न्यूज

नेकपा (एमाले) व्यास नगर-१ वडा कमिटी अध्यक्षमा सरु कुमाल र्सवसम्म चयन भएकी छन् । वडा कमिटीको शनिबार सम्पन्न ११औं विशेष अधिवेशनले कुमाललाई र्सवसमम्त चयन गरेको हो ।
वडा कमिटीको उपाध्यक्षमा लाल प्रसाद तिमिल्सेना, सचिव लेख बहादुर भुजेल, उप-सचिव रमेश बस्नेत, उप-सचिव हिरा खाती चयन भएका छन् ।
यस्तै, वडा कमिटी सदस्यहरुमा उदय चन्द्र खड्का, रामचन्द्र कार्की, दुर्ग बहादुर लौडारी, मिन बहादुर लौडारी, सुरेश आचार्य, रमेश दर्जी, भिमा मल्ल, प्रेम बहादुर अधिकारी, लिला दरै, शान्ता खाती, नविन अधिकारी, हिक्मत जंग बस्नेत, राधिका वाग्ले, सावित्री भण्डारी, प्रकाश सापकोटा, गंगा भट्टर्राई रहेका छन् ।
यस्तै, अधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक बहादुर राजा, प्रदेश कमिटी सदस्य अमर भण्डारी, जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, उप-सचिव प्रदिप अधिकारी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










