संविधानको भावनालाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

भञ्ज्याङ समाचारदाता/तनहुँ

संविधानको भावनलाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिंदै उनले संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको बताए ।

यसकालागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उनको भनाई छ । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

मुलुकको अग्रगामी परिर्वतनकालागि जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् । ‘लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका संघर्षहरुमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिहरु, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका ब्यक्तिहरु प्रति उच्च सम्मान सहित स्मरण गर्दछु’ मुख्यमन्त्रीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि वि.सं. २०७२ असोज ३ गते आजकै दिन संविधान सभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको थियो । यस संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।

वर्तमान संविधानले निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको मुख्यमन्त्री पाण्डेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker