मस्तिष्क पक्षघात प्रभावित बालबालिकाको स्वास्थ्य परीक्षण

तनहुँको भिमाद नगरापलिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयमा आयोजित मस्तिष्क पक्षघात प्रभावित बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । मस्तिष्क पक्षघात स्वावलम्बन समूह, नेपालले विद्यालयको दिवा सेवा स्याहार केन्द्रमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
शिविरमा बालरोग विशेषज्ञ डा. प्रज्ञा कर्माचार्य र फिजियोथेरापिस्ट डा. अनुराग मिश्रले २२ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा शरीरका विभिन्न अङ्गहरूको चेकजाँचसँगै समस्याको कारण, त्यसको समाधान उपाय, स्वास्थ्यसम्बन्धी सल्लाह र परामर्श दिइएको थियो । लाभान्वितमध्ये पाँच जना बालबालिकाले (ई.ई.जी.) सेवा समेत लिएका थिए । तस्विर : भञ्ज्याङ










