जन्मदिनमा पत्रकार महासंघलाई फ्रिज सहयोग

तनहुँको व्यास नगरपालिका–२ निवासी व्यवसायी सागर अधिकारीले छोराको जन्मदिनमा नेपाल पत्रकार महासंघलाई फ्रिज सहयोग गरेका छन् ।

अधिकारीले छोरा सुशासन अधिकारीको जन्मदिनको अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघ तनहुँलाई फ्रिज सहयोग गरेका हुन् । अधिकारी नेशनल इलेक्ट्रोनिक्सका प्रोपाइटर हुन् ।

अनावश्यक खर्च गर्नुभन्दा सामाजिक संघसंस्थालाई सहयोग गरेर जन्मदिन मनाउन आफूलाई मन पर्ने सुशासन अधिकारीले बताए ।

पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले महासंघलाई सम्झिएर सहयोग गरेकामा अधिकारीप्रति आभार व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker