तनहुँको जनसंख्या ३,२१,१५३ : सबै भन्दा बढि जनसंख्या व्यासमा र कम घिरिङमा (कुन पालिकामा कति ?)

भञ्ज्याङ न्यूज

राष्ट्रिय तथ्याङ्क आयोगले शुक्रबार २०७८ मा गरेको जनगणनाको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्क अनुसार तनहुँको जनसंख्या ३ लाख २१ हजार १५३ रहेको छ ।

र्सार्वजनिक तथ्याङ्क अनुसार तनहुँको जनसंख्या घटेको देखाइएको छ । २०६८ मा जिल्लाको जनसंख्या ३ लाख २३ हजार २८८ थियो । तनहुँको जनसंख्या -०.०६ ले घटेको छ ।

यस्तै, तनहुँमा पुरुषको तुलनामा महिलाको जनसंख्य बढी रहेको छ । कुल जनसंख्यको ४६.७ प्रतिशत अर्थात १ लाख ४९ हजार ९७८ पुरुष रहेका छन् भने ५३.३ प्रतिशत अर्थात १ लाख ७१ हजार १७४ महिलाको जनसंख्य रहेको छ ।

जिल्लाको कुल जनसंख्याको लैङ्गिक अनुपात ८७.७४ पुरुष प्रति १०० महिला रहेको छ भने जनघनत्व प्रति वर्ग किमि २०८ रहेको छ ।

भानु नगरपालिका

सार्वजनिक तथ्याङ्क अनुसार भानु नगरपालिकाको जनसंख्या ४२ हजार ७९४ रहेको छ । जसमा १९ हजार ५१५ (४५.६ प्रतिशत) पुरुष र २३ हजार २८० (५४.४ प्रतिशत) महिला रहेका छन् ।

नगरपालिकाको कुल साक्षरता दर ७७.५ प्रतिशत रहेको छ । जसमा पुरुष ८७.२ प्रतिशत र महिला ६९.६ प्रतिशत साक्षर रहेको देखाइएको छ ।

व्यास नगरपालिका

जनगणनाको तथ्याङ्क अनुसार व्यास नगरपालिकाको जनसंख्य ७८ हजार ९३९ रहेको छ । यो जनसंख्य जिल्लाका अन्य पालिका भन्दा धेरै रहेको छ । व्यासमा पुरुष ३६ हजार १५५ (४५.८ प्रतिशत) र महिला ४२ हजार ७८५ (५४.२ प्रतिशत) जनसंख्य रहेको छ ।

व्यासको कूल साक्षरता दर ८५.३ प्रतिशत रहेको छ । जसमा ९१.६ प्रतिशत पुरुष र ८० प्रतिशत महिला साक्षर रहेको देखाइएको छ ।

म्याग्दे गाउँपालिका

म्याग्दे गाउँपालिकाको जनसंख्या २३ हजार ५७८ रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार म्याग्देमा पुरुष १० हजार ८९४ (४६.२ प्रतिशत) र महिला १२ हजार ६८५ (५३.८ प्रतिशत) जनसंख्या रहेको छ ।

म्याग्देको साक्षरता दर ८२.२ प्रतिशत रहेको छ । जसमा पुरुष ८९.४ प्रतिशत र महिला ७६.१ प्रतिशत साक्षर रहेको देखाइएको छ ।

शुक्लागण्डकी नगरपालिका

शुक्लागण्डकी नगरपालिकाको जनसंख्या ५५ हजार ६२० रहेको छ । जसमा पुरुष २५ हजार ८६४ (४६.५ प्रतिशत) र महिला २९ हजार ७५७ (५३.५ प्रतिशत) जनसंख्या रहेको छ ।

शुक्लागण्डकीको कूल साक्षरता दर ८६.८ प्रतिशत रहेको छ । जसमा पुरुष ९२.६ प्रतिशत र महिला ८१.८ प्रतिशत साक्षर रहेका छन् ।

भिमाद नगरपालिका

भिमाद नगरपालिकाको जनसंख्या २९ हजार २४८ रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार भिमादमा पुरुष १३ हजार ३९५ (४५.८ प्रतिशत) र महिला १५ हजार ८५२ (५४.२ प्रतिशत) जनसंख्या रहेको छ ।

भिमादको कूल साक्षरता दर ७९.७ प्रतिशत रहेको छ । जसमा पुरुष ८८.१ प्रतिशत र महिला ७२.८ प्रतिशत साक्षर रहेका छन् ।

घिरिङ गाउँपालिका

घिरिङ गाउँपालिकामा जिल्लाका अन्य पालिका भन्दा कम जनसंख्य रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार घिरिङ गाउँपालिकाको जनसंख्या १४ हजार ३३४ रहेको छ । जसअनुसार पुरुष ६ हजार ५६५ (४५.८ प्रतिशत) र महिला ७ हजार ७७० (५४.२ प्रतिशत) जनसंख्या रहेको छ ।

घिरिङको कूल साक्षरता दर ७३ प्रतिशत देखाइएको छ । जसमा पुरुष ८१.६ प्रतिशत र महिला ६५.९ प्रतिशत साक्षर रहेको देखाइएको छ ।

ऋषिङ गाउँपालिका

ऋषिङ गाउँपालिकाको जनसंख्या १७ हजार ९१८ रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार ऋषिङमा पुरुष ८ हजार २०६ (४५.८ प्रतिशत) र महिला ९ हजार ७१२ (५४.२ प्रतिशत) जनसंख्या रहेको छ ।

ऋषिङको कूल साक्षरता दर ७१.६ प्रतिशत रहेको छ । जसमा पुरुष ८०.९ प्रतिशत र महिला ६३.८ प्रतिशत साक्षर रहेका छन् ।

देवघाट गाउँपालिका

देवघाट गाउँपालिकाको जनसंख्या १४ हजार ५८४ रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार पुरुष ६ हजार ९७१ (४७.८ प्रतिशत) र महिला ७ हजार ६१३ (५२.२ प्रतिशत) जनसंख्य रहेको छ ।

देवघाटको कूल साक्षरता दर ७५.४ प्रतिशत रहेको छ । जसमा पुरुष ८४.२ प्रतिशत र महिला ६७.५ प्रतिशत साक्षर रहेको देखाइएको छ ।

बन्दिपुर गाउँपालिका

बन्दिपुर गाउँपालिकाको जनसंख्या १८ हजार ५३२ रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार पुरुष ८ हजार ८७७ (४७.९ प्रतिशत) रमहिला ९ हजार ६५५ (५२.१ प्रतिशत) जनसंख्या रहेको छ ।

बन्दिपुरको कूल साक्षरता दर ७९.५ प्रतिशत रहेको छ । जसमा पुरुष ८७.९ प्रतिशत र ७२.१ प्रतिशत महिला साक्षर रहेको देखाइएको छ ।

आँवुखैरेनी गाउँपालिका

आँवुखैरेनी गाउँपालिकाको जनसंख्या २२ हजार २५२ रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार पुरुष १० हजार ६१५ (४७.७ प्रतिशत) र महिला ११ हजार ६३७ (५२.३ प्रतिशत) जनसंख्या रहेको छ ।

आँवुखैरेनीको कूल साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ८८ प्रतिशत र महिला ७६.८ प्रतिशत साक्षर रहेको देखाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker