पृथ्वीराजमार्गको तनहुँस्थित घाँसीकुवा-तालघारे खण्ड अवरुद्ध, वैकल्पिक मार्गबाट यातायात सूचारु

भञ्ज्याङन्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा पहिरोको जोखिम बढेपछि घाँसीकुवा-तालघरे सडक खण्ड अवरुद्ध गरिएको छ ।

राजमार्ग चारलेनमा विस्तार गर्नेक्रममा व्यास-१ मुसेखोला ३७+६०० नजिकै भित्तो कटान गर्दा करिब ७० मिटर माथीबाट पहाडै पहिरो खस्ने जोखिममा पुगेको छ ।

आज शुक्रबार बिहान ११:३० बजे पृथ्वीराजमार्ग सडक विस्तारको क्रममा सडकको करीव ७२ मिटर माथिबाट जमिन चिरा परेकाले वैकल्पिक मार्ग प्रयोग गरी आज दिउँसबाट यातायात सुचारु गरिएको आँवुखैरेनी-जामुने सडक विस्तार योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी गराए ।

जमिन चिरापरेकाले जुनसुकै बेला पनि पहिरो खस्ने अवस्था रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न लगाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले बताए ।

सडकमा माथिबाट ढुङ्गा माटो झरिरहेकोले मुग्लिन पोखरा सडक योजना पुर्वी सडक खण्डसँग समन्वय गरी सबै सवारीसाधन तालघरेबाट रानीगाउँ हुँदै घासीकुँवा निस्कने भित्री सडक खण्ड प्रयोग गरिएको उनले बताए ।

वैकल्पिक मार्ग साँघुरो हुँदा यातयातका साधन एकतर्फि रुपमा सञ्चालन गरिएको हुँदा यो खण्डमा यात्रुले सास्ति झेल्नुपरेको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै मुसेखोला क्षेत्रमा सडक खण्ड विस्ताका क्रममा सडकको अन्दाजी ७२ मिटर माथीबाट अन्दाजी १०० मिटर जमिन चिरा परेको र जुनसकै बेला पहिरो खस्न सक्ने र ढुंगा माटो झरिरहेकाले सबै सवारी साधन तालघरेबाट रानीगाउँ हुँदै घाँसीकुवा निस्कने भित्री सडक खण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गरी आवागमन गर्नुहुन अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker