ठेकेदारको लापरवाहीले अलपत्र पुल

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने ठिमुरा पुल अलपत्र अवस्थामा । ठेकेदारको लापरवाहीका कारण समयमै पुलको निर्माणकार्य सम्पन्न नहुँदा स्थानीयले आवतजावतमा कठिनाई झेल्दै आउनुपरेको छ । घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक एवं देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेल लगायतको टोलीले पुलको बुधबार स्थलगत अनुगमन गरी निर्माण पक्षलाई तत्काल पुल निर्माण तथा मर्मत सुधार गर्न दबाब दिने भएका छन् । सडक डिभिजन कार्यालय र ठेकेदारसंग समन्वय गरी आगामि माघे संक्रान्तिमा स्नान गर्न आउने तिर्थयात्रीहरूलाई यसै पुलबाट आवतजावत गर्न मिल्ने गरी काम गर्न आग्रह गरिने भएको छ ।

तस्विर : भञ्ज्याङ










