तनहुँको बन्दिपुर-१ स्थित छाप नाहाला खानेपानीमा नयाँ कार्यसमिति चयन

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित छाप नाहाला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १०औं साधारण सभा तथा सातौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपभोक्ता समितिको अध्यक्षमा इमनाथ खनाललाई निर्वाचित गरेको छ ।

यस्तै, समितिको सदस्यहरुमा सन्ध्या सारु मगर, लक्ष्मी लामिछाने, परिमाया थापा, सुक्रकुमार श्रेष्ठ, प्रकाशचन्द्र देवकोटा, राजेश पिया, शिव श्रेष्ठ, बिन्दुकुमार श्रेष्ठ, बाबुराम श्रेष्ठ र गोबिन्दप्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुबोध अधिकारीले बताए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रशुराम अधिकारीको अध्यक्षतामा भएको १०औं साधारण सभा तथा सातौं अधिवेशन शनिबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

प्रदेश सरकारले एकघर एक धारा अभियानलाई प्राथमिकता दिएको र लिफि्टङ प्रविधिबाट खानेपानीका लागि विद्युत उपयोग गरे वापतको महशुल नलाग्ने व्यवस्था समेत भएको जानकारी गराउँदै प्रमुख वाग्लेले सफा र स्वच्छ खानेपानी सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए ।

कार्यक्रममा बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी, खानेपानी कार्यालयका पूर्व प्रमुख इञ्जिनियर हरिदत्त पौडेल, वडा नं. १ का अध्यक्ष एवं गापाका प्रबक्ता शिबकुमार श्रेष्ठ, पूर्व अध्यक्ष हरिभक्त अधिकारी, वडा सदस्य विजय राना, पूर्व वडा सदस्य अमृत शाही, विष्णु डिसी, मदन थापाले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

उपभोक्ता समितिको साधारणसभामा संस्थाका कोषाध्यक्ष राजु आलेले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सचिव केशर बहादुर थापाले सचिबको प्रतिवेदन प्रस्तुत गरेका थिए । कौशिनी छाप र भुकभुकेको मुलबाट पानी संकलन गरी फिल्टर गरेर बन्दिपुर-१ को अधिकाँश बस्ति, वडा नं. ४ को पृथ्वीराजमार्गसँग जोडिएका केही क्षेत्र र भानु नगरपालिकाको वडा नं. १ को कल्याणटार क्षेत्रमा गरी १ हजार १४८ घर धुरीमा खानेपानी वितरण हुँदै आएको इञ्जिनियर सुमन श्रेष्ठले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker