आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा

अहिले सोसल मिडियाको जमानामा यस्ता प्लाटफर्महरुप्रति मानिसको आशक्ति यति धेरै बढेको छ कि दिनहुँ घण्टौँसम्म फोनको स्क्रिनमा झुण्डिरहने मात्र होइन सोसल मिडियामा चर्चाका लागि अनेक हर्कत समेत गर्ने गरेको पाइन्छ ।

छिमेकी मुलुक भारतमा एक दम्पत्तिले सोसल मिडियाकै नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् । भारतको पश्चिम बंगालमा भएको उक्त दर्दनाक घटनामा एक दम्पत्तिले आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् ।

‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण उनीहरुले आफ्नै बच्चालाई बेच्न पुगे । वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि उनीहरुलाई एउटा राम्रो भिडियो खिच्ने आइफोन चाहिएको थियो । त्यही आइफोनका लागि नै उनीहरुले आफ्नो बच्चा बेचिदिएका हुन् ।

पश्चिम बंगालको उत्तर चौबिस परगना जिल्लामा सो घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार आफ्नै शिशुलाई बिक्री गर्ने पिता जयदेव र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

जयदेव र उनकी पत्नीले बच्चा बिक्री गरेको कुरा लुकाएका थिए तर छिमेकीहरुले लामो समयसम्म बच्चा नदेखेपछि उनीहरुसँग सोधखोज गर्न थाले । तर उनीहरुले प्रष्ट जवाफ नदिने र आनीबानीमा पनि परिवर्तन देखाउन थालेपछि गाउँलेहरुलाई शंका लाग्यो । त्यसपछि केरकार गर्दा उनीहरुले बच्चा बिक्री गरेको खुलासा गरे ।

यसअघि हातमुख जोर्न पनि संघर्ष गरिरहेका जयदेव र उनकी पत्नीले एकाएक आइफोन किनेर पश्चिम बंगालका विभिन्न ठाउँमा पुगी रील्समा भिडियो अपलोड गरेका थिए । त्यसपछि नै गाउँलेहरुलाई शंका लागेको थियो ।

प्रहरीले खारदह भन्ने क्षेत्रमा बस्ने एक महिलाको साथबाट बच्चाको उद्धार गर्न सफल भएको छ । आइफोन किन्ने पैसा दिएर दम्पतीबाट बच्चा खरीद गरेकी ती महिलालाई पनि पुलिसले पक्रिएको छ । जयदेव र उनकी पत्नीले नशालु पदार्थ सेवन गर्ने गरेको र घरमा रहेकी ७ वर्षकी अर्की छोरीलाई पनि बिक्री गर्न चाहेको आरोप छिमेकीहरुले लगाएका छन् ।एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker