हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् ।

यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ र तपाईका गोप्य जानकारीहरु हात पार्न सक्दछ । त्यसैले यस्तो अवस्थामा तपाईको हराएको डिभाइसबाट जतिसक्दो छिटो जिमेल एकाउन्ट लगआउट गरिहाल्नु आवश्यक हुन्छ ।

हराएको वा अर्काको हातमा परिसकेको तपाईको डिभाइसमा लगइन भइरहेको जिमेल एकाउन्ट कसरी लग आउट गर्ने ? वास्तवमा गुगलले प्रयोगकर्ताहरुलाई आफ्ना त्यस्ता हराएका डिभाइसबाट जिमेल एकाउन्ट लगआउट गर्ने सुविधा प्रदान गरेको छ । यसका लागि तपाईले निम्न विधि अबलम्बन गर्नुपर्दछ :

  • कुनै डिभाइसमा ब्राउजर खोलेर आफ्नो जिमेल एकाउन्ट लगइन
  • त्यसपछि त्यहाँ रहेको प्रोफाइल आइकनमा क्लिक गरी Manage your Google account अप्सनमा जानुहोस् ।
  • Security ट्याबमा गएर Manage Devices अप्सनमा क्लिक गर्नुहोस् जुन Your Devices खण्डको पिँधमा हुन्छ ।
  • त्यसपछि तपाईले जुन डिभाइसबाट जिमेल लगआउट गर्न चाहनुभएको हो, अर्थात् जुन डिभाइस हराएको वा चोरी भएको हो उक्त
  • डिभाइसको नामको दायाँ माथिपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा क्लिक गर्नुहोस् र त्यसपछि देखा पर्ने Sign Out मा क्लि गर्नुहोस् ।
  • त्यसपछि तपाईले साँच्चीकै साइन आउट गर्न चाहुनभएको हो ? भनेर प्रश्न सोधिन्छ । त्यसलाई एकिन गराउनका लागि पुनः Sign Out मा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि तपाईले तपाईको हराएको डिभाइसबाट आफ्नो गुगल एकाउन्ट साइन आउट गर्न सक्नुहुन्छ ।

तपाईले अफिसमा वा साइबर क्याफे लगायतका ठाउँहरुमा आफ्नो जिमेल खोलेर साइन आउट गर्न बिर्सनुभएको छ भने पनि यो काइदा उपयोगी हुनसक्दछ । एजेन्सीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker