आँवुखैरेनी-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन

भञ्ज्याङन्यूज

पहिरोको कारण अबरुद्द पृथ्वीराजमार्गको तनहुँ अन्तर्गत आँवुखैरेनी-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

अविरल वर्षाका कारण शनिबार साँझ करिब ६:३० बजेको समयमा आँवुखैरेनी-४ ऐना पहरा स्थित पृथ्बीराजमार्ग सडक खण्ड माथिबाट पहिरो खस्न गई राजमार्ग सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो ।

ठूल्ठूला ढुंगासहित झरेको पहिरो इलाका प्रहरी कार्यालय आबुँखैरेनी तनहुँबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवं सडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा करिब १ घण्टा २० मिनेटको निरन्तर प्रयासमा राजमार्ग सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker