मादीमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता
भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित मादी नदीमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता भएका छन् । तनहुँ प्रहरीका अनुसार विहीबार साँझ करिब १८:३० बजेको समयमा व्यास नगरपालिका-५ परासर स्थित मादी नदीमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता भएका हुने ।
पौडी खेल्ने क्रममा तनहुँका ऋषिङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष १८ को शक्ति थापा मगर मादी नदीमा पौडी खेल्ने क्रममा सोही नदीले बगाई बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।
नदीले बगाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोली र स्थानीयको सयुँक्त टोलीद्वारा निजको खोजतलास भईरहेको, हालसम्म फेला नपरेको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।










