क्यान्सर पीडित बिनुमायाद्वारा आर्थिक सहयोगको याचना

भञ्ज्याङन्यूज

तनहुँको देवघाट गाँउपालिका-२ स्थायी घर भई हाल व्यास नगरपालिका-५, पिपलटारमा बस्दै आएकी क्यान्सर पीडित ४९ वर्षीया बिनुमाया गुरुङले उपचारको लागि आर्थिक सहयोगको याचना गरेकी छन् । कलेजोको क्यान्सरबाट पीडित उनले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उपचारकोलागि आर्थिक सहयोग गरिदन् अनुरोध गरेकी छन् ।

मुटु पोल्ने तथा पेट फुल्ने समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा उपचार गराएकी गुरुङले वीपी कोईराला क्यान्सर अस्पताल भरतपुरमा पुगेर परीक्षण गर्दा कलेजेको क्यान्सर पुष्टि भएको थियो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेकी गुरुङको स्वास्थ्य उपचारका लागि ठुलो रकम खर्च भईसकेको र थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि सबैसँग अनुरोध गरिएको बिनुमायाका श्रीमान दलबहादुर गुरुङले बताए । आफ्नो नाममा जग्गा नभएका उनीहरु हाल अर्काको जग्गामा बस्दै आएका छन् । १ छोरा र २ छोरी रहेका गुरुङको छोरा वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।

दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएको गुरुङ परिवारमा श्रीमतीको कलेजोको क्यान्सर देखिएपछि कसरी उपचार गर्ने भन्ने पीडामा रहेको श्रीमान दलबहादुरले बताए । हालसम्म ऋण गरेर करिब २ लाख रुपैयाँ उपचारमा खर्चिसकेका गुरुङ दम्पतीले थप उपचारका लागि सहयोग जुर्टाईदिन आग्रह गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker