व्यास-५ पाटनमा दोस्रो पाटन महोत्सव सुरु

तनहुँको व्यास नगरपालिका-५ पाटनमा आजबाट दोस्रो पाटन खेलकुद, कृषि, व्यापार, सांस्कृतिक एवं पर्यटकीय महोत्सव सञ्चालन हुँदै छ । आजबाट कात्तिक ४ गतेसम्म पाटन युवा क्लवले उक्त महोत्सव सञ्चालन गर्न लागेको हो ।

महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि क्लवले विसं २०७८ मङ्सिर २४ गतेदेखि पुस ५ गतेसम्म प्रथम पाटन महोत्सवको आयोजना गरेको थियो । पाटन क्षेत्रको पर्यटकीय विकासका लागि क्लवले महोत्सव गर्न लागेको क्लवका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

उनले भने, “पाटन पराशर ऋषिको तपोभूमि पनि हो, पर्यटकीय हिसाबले यो ठाउँको विशिष्ट महत्व छ, पर्यटकीय स्थल मानुङकोट पनि यही वडामा पर्छ । यस क्षेत्रको धार्मिक तथा पर्यटनको विकासमा टेवा पुर्‍याउन महोत्सवले सहयोग गर्ने विश्वास गरेका छौ ।”

१५ हजार दर्शकले अवलोकन गर्ने महोत्सवमा रु ३० लाखको कारोवार हुने अनुमान गरिएको थापाले बताए । महोत्सवमा दुइ सय वटा व्यापारिक स्टल रहनेछन् । महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई टिकट निःशुल्क व्यवस्था गरिएको छ ।

उक्त महोत्सवमा भलिबल प्रतियोगिता समेत आयोजना गरिनेछ । महोत्सवलाई सबै संघसंस्था, क्लवको सहयोग रहने विश्वास व्यक्त गर्दै महोत्सव सफल हुने आयोजकको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker