मिर्लुङको अरनिको माविले विविध कार्यक्रम गरी विद्यालयको ६७औं वार्षिकोत्सव मनाउने

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको ठुलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना ६७औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।

विद्यालयले यही फागुन १० गते विशेष कार्यक्रमको आयोजना गरी वाषिर्कोत्सव मनाउने तयारी गरेको प्रधानाध्यापक शैलेन्द्र कुमार साहले बताएका छन् ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले फागुन ९ गते प्राथमिक तहका विद्यार्थीहरु बीच मिठाइ टिपाइ, बेलुन फुटाइ, स्मरण खेल, हिसाव दौड लगायतका प्रतियोगिता गर्ने भएको छ ।

यस्तै, निम्न माध्यमिक तहका विद्यार्थीहरु बीच स्मरण खेल तर्फस्पीलिङ कन्टेस्ट, माध्यमिक तहका विद्यार्थीहरु बीच हाजिरीजवाफ प्रतियोगिता गर्ने विद्यालयका शिक्षक कृष्ण विकले बताए ।

फागुन १० गते आयोजना हुने वार्षिकोत्सव समारोहमा शुभकामना मन्तव्य सहित वार्षिक प्रतिवेदन सार्वजनिक, विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रम अभिभावकहरु बीच मेच घुमाइ खेल, साँझ दिपावली गरिेने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. होम बहादुर गुरुङले बताए।

त्यस्तै, उक्त अवसरमा फागुन ९ गतेका दिन अक्षयकोषबाट पुरस्कार वितरण गरिने भएको हुँदा विद्यालयले सम्पूर्ण अक्षयकोष दाताहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker