आइमिन परियोजनाको जिल्ला स्तरीय समिक्षा

आइमिन परियोजनाले जिल्ला स्तरीय समिक्षा गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जाइकाको आर्थिक सहयोगमा संचालीत आइमिन कार्यक्रमको मंगलबार दमौलीमा समिक्षा र अनुभव आदान प्रदान कार्यक्रम गरिएको हो ।

तनहुँका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु र योजना/प्रशासन शाखा कर्मचारीहरूको सहभागिता रहेको उक्त समिक्षा कार्यक्रममा परियोजना अन्तर्गत केन्द्र स्तरमा भएका गणित विषयका पाठ्यपुस्तक तथा कार्यपुस्तक, कक्षा १-३ को गणित विषयको शिक्षक निर्देशिका, स्वअध्ययाय सामाग्री, स्थानीय स्तरमा संचालन भएका गतिविधिहरु, परियोजना अन्तर्गत बन्दिपुर गाउँपालिकामा संघन रुपमा संचालन गरिएको क्रियाकलाप र अन्य पालिकाहरुमा शैक्षिक योजना निर्माण तथा क्षमता विकासमा भएका विभिन्न अनुभवहरुको विषयमा छलफल गरिएको थियो ।

चार वटा सत्रमा विभाजित कार्यक्रममा पहिलो सत्रमा परियोजनाको क्रियाकलापहरू, उद्देश्य र लक्ष्यका विषयमा छलफल गरिएको थियो भने, दोश्रो सत्र परियोजनाबाट स्थानीयस्तरमा सम्पन्न भएका क्रियाकालपहरूको बारेमा जानकारी गराइएको थियो ।

यस्तै, तेश्रो सत्र अन्तर्गत बन्दिपुर गाउँपालिकामा भएका पालिका स्तरीय क्रियाकलाप र यसले ल्याएको सकारात्मक परिवर्तन तथा सिकाइका बारेमा शिक्षा शाखा प्रमुख विष्णु खत्रीले प्रस्तुत गरेका थिए । विद्यालयस्तरमा भएका गतिविधी र त्यसको प्रभावको बारेमा बन्दिपुर गाउँपालिका अर्न्तर्गत जगदिश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक रामविलास पोख्रेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले परियोजना शैक्षिक गुणस्तर सुधार गर्न परियोजना निकै महत्वपूर्ण रहेको बताए । सहभागिहरुले परियोजनलाई बन्दिपुर गाउँपालिका मात्रै नभएर सबै पालिकामा सघन रुपमा संचालन गनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरुका लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने काम राम्रो रहेको बताए ।

उनले गणित विषय अफैमा कठिन विषय हो भन्ने बुझाईलाई कम गर्दै गणित रमाइलोसँग गर्दै सिक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन अनुरोध गरे ।

जिल्ला शिक्षा समन्वय इकाई तनहुँका प्रमुख उद्ववराज कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका शाखा अधिकृत विश्व रेग्मी, शाखा अधिकृत इन्द्र प्रसाद तिम्सेना लगायतले सहजिकरण गरेका थिए ।

कार्यक्रममा आइमिन परियोजनाले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरुका लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदृढिकरणका लागि शिक्षकहरु तथा विभिन्न सरोकारवालाहरूको क्षमता अभिबृद्धि गर्ने उद्देश्य परियोजनाको रहेको परियोजना अधिकृत रविन्द्र आचार्यले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker