तनहुँको भिमादमा जीप दुर्घटना (अपडेट) : २ जनाको मृत्यु, १० जना घाइते (घाइतेको नामावलीसहित)

तनहुँको भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीमा आज बिहान भएको जीप दुर्घटनमा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनमा परी चालक सहित जीपमा सवार १० जना यात्रु घाइते भएका छन् ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नम्बरको जीप आज बिहान करिब ९:३० बजेको समयमा उक्त स्थानको सडकबाट करिब १५० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

दुर्घटनमा परी घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उपचारका लागि पठाइएकोमा घाइतेहरु मध्ये जीपमा सवार बौदीकाली गाउँपालिका-२ नवलपारासी (वर्दघाट सुस्त पुर्व)का ४२ वर्षीय रुम बहादुर बि.क. र ५५ वर्षीय जेमलाल दरैको उपचारको क्रममा जि.पि. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको सूचना अधिकारी खाँणले जानकारी गराए ।

यस्तै, दुर्घटनामा परी घाइते भएको ३ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको अवस्था मध्यम रहेको छ भने ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी गराएको छ । प्रहरीले उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

वेलचौतारामा उपचारार्थ घाइतेहरु :

१) जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) वौदिकाली गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४० को हरी ओझा ।
२) जिल्ला पाल्पा निस्ति गाउँपालिका वडा नं. १ बस्ने बर्ष ६६ को ज्ञान बहादुर राना ।
३) जिल्ला स्याङजा चापाकोट नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४६ को दिनानाथ कडेल ।
४) जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३१ को लक्ष्मण पंगेनी ।

गण्डकी अस्पतालमा उपचारार्थ घाइतेहरु :

१) जिल्ला स्याङजा चापाकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३२ की रेनु थापा ।
२) जिल्ला स्याङजा चापाकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ६ की रनीसा थापा ।
३) जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४८ की सेतु कार्की
४) जिल्ला पाल्पा निस्ति गाउँपालिका वडा नं. २ बस्ने बर्ष २७ की पुजा सारु ।
५) जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं. ३ बस्ने बर्ष ६२ को दण्डपाणी रिजाल
६) जिल्ला तनहुँ घिरिङ गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ५० को तिखे थापा ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker